काठमाडौँ । अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे सन् २०२६ को डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो । नतिजा अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

नयाँ विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन्। उनीहरूले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानुन अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन् ।

advertisement

गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् ।  डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिनेछ ।  आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC  मा गई  हेर्न सक्ने जनाइएको छ ।

 

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com