काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारी गर्दा बारम्बार षड्यन्त्र र घेराबन्दीको सामना गर्नु परेको गुनासो गरेका छन्।

२५औं निर्मल लामा स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राम्रो पार्टी निर्माण र समाज रूपान्तरणका लागि सकारात्मक प्रयास गर्दा पनि विभिन्न शक्तिबाट बाधा सिर्जना हुने गरेको उल्लेख गरे।

advertisement

‘समाजवादी क्रान्तिको दिशा तय गर्न खोज्दा हामी बारम्बार षड्यन्त्रको शिकार भएका छौं,’ प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी विचार, आदर्श र निष्ठाको बाटोमा लैजान फेरि प्रयास गरिरहेका छौं। तर यस यात्रामा चुनौतीहरू धेरै छन्।’

उनले प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादी शक्तिहरूले भ्रम फैलाउने, अवरोध सिर्जना गर्ने र विभिन्न षड्यन्त्र गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए। यस्ता अवरोधहरू स्वाभाविक भए पनि इतिहासका सकारात्मक पक्षहरूबाट प्रेरणा लिएर सचेत र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो।

‘हामी फेरि यथास्थितिविरुद्ध विद्रोह गर्दै वर्गीय दृष्टिकोणसहित समाज परिवर्तनको अभियानमा जुटिरहेका छौं,’ उनले जोड दिए।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com