काठमाडौं । प्रहरी निरीक्षक बखतबहादुर शाहीले पाँच सय ३७ थान सिक्काहरू एउटा कसौडीमा राखिएको अवस्थामा फेला परेको बताएका छन् । केही सिक्काहरू  १८०६ साल सम्मका रहेका छन्।

रा १ क १००२५ नम्बरको जेसिबीका अपरेटर तुलसीपुर-१५ मलवारका २५ वर्षीय सुवासचन्द्र चौधरीले बुधबार दिउँसो नयाँ ट्र्याक खन्ने क्रममा सो सिक्का फेला पारेका थिए।

advertisement

उनले फेला पारेका सिक्काहरूमध्ये ७३ वटा भारतीय छन्। ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन्। चार सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ। उनले ती सिक्काहरू आफ्नो घरमा लिएर गएका थिए।

प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले घरमा लगेर कसौडीबाट झिकेर अर्को प्लास्टिकको झोलामा राखेका थिए। अहिले उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com