रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगेलाई मुटुमा गम्भीर समस्या देखिएको छ ।

आज बिहान पटक पटक बान्ता भएपछि ढुंगेललाई मन्थलीको तामाकोसी अस्पतालमा लगिएको थियो। तामाकोसी अस्पतालमा उपचारको क्रममा डाक्टरले मुटुमा समस्या रहेको बताएपछि हेलिकप्टर मार्फत ढुंगेललाई काठमाडौं स्थित नर्भिक अस्पताल लगिएको छ। अहिले नेता ढुंगेलको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

advertisement

एमाले जिल्ला नेता दिनेश सुवेदीका अनुसार स्वास्थ्य अवस्थामा विस्तारै सुधार भएपनि मुटुको समस्याको कारण थप उपचारको लागि हेलिकोप्टर मार्फत नर्भिक अस्पताल लगिएको बताइएको छ।

 

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com