काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए । उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए ।

advertisement

‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने ?,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो । बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन् । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com