काठमाडौं – आज सिफल चौरमा हुने घोषणा गरिएको राजावादी प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सम्भावित मुठभेडको आँकलनगरी बिहानैदेखि चौर वरपरको सुरक्षालाई कडा बनाएको छ।

सिफल चौरमा प्रदर्शन हुनुभन्दा केही घण्टा अगाडि प्रहरीले चौर वरपर थुपारिएको इटा र ढुंगा हटाएको हो। यस्ता वस्तुहरू प्रयोग भएर सम्भावित झडप हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चौरलाई खाली बनाएका हुन्।

advertisement

राजावादी समूहको आह्वानमा ठूलो संख्यामा समर्थकहरू आउने आँकलनपछि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले इटा र ढुंगा हटाएको प्रहरीले जनाएको छ।

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ। त्यसैले सुरक्षाको दृष्टिकोणले प्रहरी परिचालन अझ बढाइएको छ। अहिले सिफल क्षेत्र वरपर व्यापक संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको देखिन्छ।

राजावादी समूहले आजको प्रदर्शनलाई ‘शान्तिपूर्ण’ हुने दाबी गरे पनि सुरक्षा निकायहरू भने कुनै जोखिम नमोल्ने रणनीतिमा देखिएका छन्।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com