काठमाडौं — युवा निर्देशक शिशिर बुढाथोकीको निर्देशनमा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘गुनासो’ सार्वजनिक भएको छ। गायिका सामना घतानेको स्वर तथा नारायण नेपालका शब्दमा सङ्गीतकार अनिल बिरहीको साङ्गीतिका प्रस्तुतिमा केबी भण्डारीको एरेन्जमेन्ट रहेको छ ।
भिडियोमा सञ्जीव भट्टराई, रबिना कार्की, ऋतिका सिंह ठकुरी, र अनिल बिरहीले अभिनय गरेका छन्। यसको सम्पादन नवीन बोहराले गरेका हुन् भने महेश महराको सिनेमाटोग्राफी छ ।
यस अघि कैलाश बिकेको स्वरमा आइसकेको र अहिले महिला संस्करण गरिएको प्रस्तुत गीत ओ एस आर डिजिटलको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार














प्रतिक्रिया