काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति मसुद पेजेस्काइसँगको टेलिफोन संवादमा पछिल्लो तनावप्रति गहिरो चासो राखेका छन् ।

राष्ट्रपतिसँग भएको कुराकानीबारे सामाजिक संजालमार्फत प्रधानमन्त्री मोदीले हालैको बढ्दो तनाव र क्षेत्रीय शान्तिको विषयमा गहिरो चिन्ता व्यक्त गरेको बताएका छन् ।

advertisement

मोदीले तत्काल तनाव कम गर्ने,संवाद र कुटनीतिलाई अगाडि बढाउने तथा क्षेत्रीय शान्ति र स्थिरताको छिटो पुनःर्स्थापना गर्ने भारतको अडान दोहोर्याएका छन् ।

इरानमाथि अमेरिका र इजरायलले मिलेर आक्रमण गरेपछि भारतीय प्रधानमन्त्रीले इरानी राष्ट्रपतिसँग कुरा गरेका हुन्

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com