काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनको तयारी संगै नयाँ दल दर्ताको प्रक्रियामा पनि जुटेका छन् । यस संगै अध्यक्ष उपेन्द्र यादवसँग समझदारीमै पार्टी विभाजन गर्न लागेका भट्टराईले नयाँ पार्टी गठनसँगै पूरानै पार्टी माओवादी केन्द्रमा पनि प्रवेश गर्न सक्नेगरि छलफल चलाएका हुन्।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार बाबुराम भट्टराईले हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लामो छलफल गरेका छन् । उनीहरुले उपरराष्ट्रपति नन्दकिशोर पुनको निवासमा भेटवार्ता गरेका हुन्।

माओवादीसँग अलग भएको लामो समयपछि भट्टराई पूनः माओवादीमा नै प्रवेश गर्नेगरि छलफलमा जुटेको माओवादी केन्द्रको स्रोतको भनाइ छ । तर, भट्टराईले भने नयाँ दल दर्ताको तयारी पनि गरिरहेका छन्। माओवादी केन्द्र संग एकता गर्नुपरे पार्टीको नाम समाजवादी केन्द्र बनाएर जानुपर्नैमा जोड दिएका छन्।

भट्टराईको प्रस्तावमा प्रचण्ड पनि सहमत भएको माओवादी केन्द्र निकट एक नेताले बताए । तर तत्काल बाबुुराम माओवादीमा प्रवेश नगर्ने बुझिएको छ । भट्टराईले समाजवादी केन्द्र बनाएर अघि बढे प्रचण्डसँग सहकार्य गर्न सकिने बताएका छन्। प्रचण्डले पनि माधव नेपालको पार्टीसँगको एकतालाई ध्यानमा राखेर समाजवादी केन्द्र बनाएर जान सकिने जवाफ दिएका छन् । स्रोतकाअनुसार प्रचण्डले बाबुरामसँग सहकार्य हुने भन्दै स्वागत गर्न आफू आँतुर रहेको बताएका छन्।

 

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com