काठमाडौँ । चलचित्र फर्की फर्की मा प्रयोग गरिएको मोबाइल नम्बरका कारण मानसिक तनाव बेहोर्नु परेको आरोप लगाउँदै झापा निवासी नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र निर्माण पक्षविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुष्कृतिको मुद्दा दर्ता गरेका छन्।

श्रेष्ठले अधिवक्ता योग्यता भण्डारीमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन्। मुद्दामा उल्लेख भएअनुसार, चलचित्रमा अभिनेता केसीले नायिकालाई दिएको मोबाइल नम्बर आफूले प्रयोग गर्दै आएको हो। चलचित्र सार्वजनिक भए यता उक्त नम्बरमा दिनहुँ सयौं अपरिचित व्यक्तिको फोन आउने गरेको र त्यसले गम्भीर मानसिक तनाव सिर्जना गराएको श्रेष्ठको दाबी छ।

advertisement

श्रेष्ठले आफूले भोग्नुपरेको मानसिक पीडाको क्षतिपूर्ति दिनुपर्ने माग गर्दै दोषीमाथि कानुनी कारबाही गर्न अदालतसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com