काठमाडौं । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन्।

हतुवागढी ९ मचुवाटारका दुई बालिका अरुण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्ररही निरीक्षक अमर राईले जानकारी दिए।

advertisement

बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन्।

‘उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएका हरेछन्। साँझसम्म पनि नफर्किएछि आफन्तले प्रहरीलाई खबर गरेका थिए,’ इन्सपेक्टर राईले नेपालखबरसँग भने, ‘खबरपछि घोडेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनिल साहको कमाण्डमा चार जना प्रहरी परिचालन भएका छन्। खोजीको लागि सुनसरी प्रहरीलाई पनि खबर गरिएको छ।’

खुसी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्। आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहे पनि बिहीबार बिहानसम्म फेला परेका छैनन्।

 

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com