काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा विभिन्न डिजिटल माध्यमबाट हेर्न मिल्ने व्यवस्था गरेको छ।
बोर्डका अनुसार एसईईको नतिजा SMS, IVR (फोन कलमार्फत सेवा) र वेबसाइटहरू मार्फत प्राप्त गर्न सकिन्छ।
नतिजा सार्वजनिक भएको केहीबेरमै वेबसाइटमार्फत सम्पूर्ण विवरणसहितको ग्रेडसिट हेर्न सकिनेछ। तर, सुरुवाती समयमा वेबसाइटहरूमा अत्यधिक चापका कारण सम्पूर्ण विवरण लोड हुन केही समय लाग्न सक्ने जनाइएको छ। यद्यपि, SMS वा IVR सेवा प्रयोग गरेर GPA मात्र भने तुरुन्तै प्राप्त गर्न सकिनेछ।
बोर्डले नतिजा हेर्दा धैर्य राख्न र अविश्वसनीय स्रोतको साटो आधिकारिक माध्यमहरू मात्र प्रयोग गर्न आग्रह गरेको छ।
यस्ता माध्यमबाट हेर्न सकिन्छ नतिजा:
SMS बाट हेर्न यसरी टाइप गर्नुहोस्:
SEE Symbol Number
र पठाउनुहोस् सम्बन्धित सेवा प्रदायकको निर्दिष्ट नम्बरमा।
(उदाहरण: SEE 12345678

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार












प्रतिक्रिया