काठमाडौं ।  यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रनको विशाल योगफल तयार गर्‍यो। नेपालको इनिङ्सलाई ओपनरहरूबाटै बलियो सुरुवात मिलेको थियो।

advertisement

नेपालका लागि प्रशिद्ध जैशीले ११४ बलमा १३ चौका र ३ छक्कासहित १३२ रनको शानदार शतक प्रहार गरे। परिमार्जन यादवले २८ बलमै ७१ रन, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन तथा जोय थापाले ४१ बलमा ५७ रनको योगदान दिए।

सुगम बुढाथोकीले ३४ बलमा ३९ रन, रोशन शाहीले ९ बलमा १० रन बनाए भने शिवान्स बजगाईं ४ रनमा सीमित भए।

नेपालले पहिलो १० ओभरमै बिना विकेट १३० रन जोड्दै आक्रामक सुरुवात गरेको थियो। अब इन्डोनेसियाले प्रतियोगितामा रहन नेपालले दिएको ४२१ रनको चुनौती पच्छ्याउनु पर्नेछ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com