काठमाडाैं । सिरहा नगरपालिका–६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको उपचारको क्रममा निधन भएपछि उनका आफन्त र स्थानीयवासीले अस्पतालमा प्रदर्शन गरेका हुन्।

राजनलाई आज बिहान करिब १०:३० बजे अचानक बेहोश भएपछि आफन्तले प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। उनलाई डा. सुदेशकुमार यादवले स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनको शरीरमा रगतको मात्रा अत्यन्त कम पाइएको र तत्काल रगत चढाउन सिफारिस गरिएको थियो। तर, अस्पताल परिसरमै रहेको ब्लड बैंकमा रगत उपलब्ध नभएकाले उपचारमा ढिलाइ भएको र त्यसकै कारण बालकको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

advertisement

मृत्युपछि आक्रोशित आफन्तजन र गाउँलेले अस्पताल परिसरमा प्रदर्शन गरे। उनीहरूले केही समय सडकसमेत अवरुद्ध गरे भने अस्पतालमा तोडफोडको प्रयास भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

बालकको मृत्युले आमाको अवस्था समेत गम्भीर बनेको छ। उनकी आमा सुनिता महरा मृत्युसूचना पाएपछि अस्पतालमै अचेत भएकी हुन्।

वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै भने, “हामीले पटकपटक अस्पतालको सेवा सुधारको माग गरेका थियौं, तर बेवास्ता गरियो। त्यसकै परिणामस्वरूप आज एक निर्दोष बालकको ज्यान गयो। यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ।”

अस्पताल प्रशासनले यस विषयमा आधिकारिक प्रतिक्रिया नदिए पनि घटनासम्बन्धी छानबिन सुरु गरिएको जनाइएको छ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com