काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्नु बाध्यता भएको बताएका छन्।

पार्टीको आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले बाध्यात्मक रूपमा एमसीसी पारित गर्नुपरेको बताएपनि त्यो बाध्यता के हो भनेर खुलाएका छैनन् । उनले एमसीसी अनुमोदन गरेपछि एसपीपीमा नेपाललाई लैजाने प्रयास भने आफूहरुले विफल पारेको दाबी गरेका छन्। 

advertisement

अध्यक्ष प्रचण्डले प्रतिवेदनमा भनेका छन्– ‘एउटा विशिष्ट परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको बाध्यतापछि एसपीपी सम्झौतामार्फत नेपाललाई आइपिएसको अंग बनाउने प्रयास हाम्रो विशेष पहल समेतका कारण असफल पारिएको छ । एसपीपी सम्झौता सम्बन्धी पार्टीको पहलका कारण देशभित्र र बाहिर सकारात्मक सन्देश प्रवाहित भएको छ।’

प्रकाशित मिति: १९ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com