काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका छन् । विभिन्न खाले सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै उनले कसैको बहुमत नभएको खण्डमा धेरै विकल्प खोज्न नहुने बताए ।

‘गठबन्धनको बारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’– उनले भने ।

advertisement

गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने नउले बताए । अहिले कांग्रेसभित्र गठबन्धनका विषयमा प्रतिकूल विचार केही नआएको उनको दाबी छ । सरकारमा सहभागी मन्त्रीहरुले डेलिभरी अझ राम्रो हुनुपर्ने, मन्त्रीहरूले राम्रो काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com