काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी छन्।
लाओसविरुद्ध पाँच गोल गरेकी सावित्राले मंगलबार श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरिन्। उनले २०औं मिनेटमा पहिलो, ४२औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन्।
नेपालका लागि पहिलो गोल गीता रानाले खेलको ७औं मिनेटमा गरेकी थिइन्।
खेलको पहिलो हाफसम्म नेपालले श्रीलंकाविरुद्ध ४–० को स्पष्ट अग्रता लिएको छ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया