काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एमाले नेता गोकुल बास्कोटालाई कडा जवाफ दिएका छन्। पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको विषयमा नेता बास्कोटाले दिएको टिप्पणीप्रति पराजुलीले प्रतिक्रिया दिएका हुन्।

एमाले नेता बास्कोटाले झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको विषयमा आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, “हिजो केपी ओलीविरुद्ध झाँक्रीले बढी बोलेकोमा ताली बजाउने समाजवादीहरू अहिले उनको मुखमा पट्टी टाँस्न खोजिरहेका छन्।” उनले थपे, “जे रोपिन्छ, त्यही फल्छ। प्रकृतिको नियम हो।”

advertisement

बास्कोटाको यस भनाइपछि नेकपा एसका नेता पराजुलीले तीव्र प्रतिक्रिया दिँदै भने, “सहानुभूति छ भने आफ्नो भन्दा ठूलो पद दिएर बाजागाजासहित स्वागत गरे हुन्छ।”
उनले अगाडि लेखे, “बेलाको बोलीमा हिम्मत र समर्थन हुन्छ। कुबेलाको बोली, दृष्टिकोण र व्यवहारमा घृणा, तिरस्कार र विरोध हुन्छ।”

नेकपा एसले स्थायी कमिटी सदस्य झाँक्रीलाई आन्तरिक निर्णय र प्रक्रियाबारे सार्वजनिक रूपमा आलोचना गरेपछि पार्टी अनुशासनको आधारमा स्पष्टीकरण सोधेको हो। उक्त कदमपछि नेकपा भित्र आन्तरिक मतभेद चुलिँदै गएको देखिएको छ।

पार्टी आन्तरिक विषयमा प्रतिपक्षी नेताबाट टिप्पणी आउनु र त्यसको जवाफमा सत्तारुढ दलका नेताबाट सार्वजनिक प्रतिवाद हुनु नेपाली राजनीतिमा सामान्य बन्दै गएको छ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com