काठमाडौं । पेरिस सेन्ट-जर्मेन (पीएसजी) अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबारराति न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको सेमिफाइनल खेलमा रियल म्याड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रेन्च क्लब पीएसजी उपाधि नजिक पुगेको हो।

पीएसजीको जितमा फाबियन रुइजले दुई गोल गरे भने ओस्मान डेम्बेले र गोन्कालो रामोसले समान एक-एक गोलको योगदान दिए। खेलको सुरुवातदेखि नै पीएसजीले उत्कृष्ट प्रदर्शन गर्दै २४ मिनेटभित्रै ३ गोल गर्न सफल भएको थियो।

advertisement

छैटौं मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि, नवौं मिनेटमा डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर पारे। यी दुई गोल रियलका डिफेन्डरहरूको गल्तीको फाइदा उठाउँदै सम्भव भएका थिए। २४औं मिनेटमा रुइजले आफ्नो दोस्रो व्यक्तिगत गोल गर्दै पीएसजीलाई खेलमा पूर्ण नियन्त्रण दिलाए।

खेल सकिन तीन मिनेट बाँकी रहँदा रामोसले गोल गर्दै पीएसजीको जितलाई थप सहज बनाए। अब पीएसजीले उपाधिका लागि आइतबार चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com