काठमाडौं ।  खानेपानीको पहुँच सुनिश्चित गर्न माग गर्दै आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको नेतृत्वमा सुरु भएको जलआन्दोलन दोस्रो दिन पनि जारी छ। प्रदर्शनकारीहरूले सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन्।

गाग्री, साना बालबालिका र प्लेकार्डसहित आन्दोलनमा सहभागी भएका सुकुम्बासीहरू सरकारले आफूहरूलाई खानेपानी नदिएको भन्दै आक्रोशित बनेका छन्। उनीहरूले “सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर”, “खानेपानीको नाममा विभेद बन्द गर” लगायतका नारा लगाएका थिए।

advertisement

संघका नेताहरूले खानेपानी जस्तो आधारभूत सेवामा समेत सुकुम्बासी समुदायमाथि भइरहेको विभेदलाई “मानवता विरोधी कार्य” भन्दै विरोध जनाएका छन्। उनीहरूले सरकारको निष्क्रियताले लाखौँ नागरिकको जीवन संकटमा पारेको आरोप लगाउँदै न्यायप्रेमी समुदायसँग ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।

संघले खानेपानी मन्त्रालयलाई चेतावनी दिँदै तत्काल सुकुम्बासी बस्तीमा पानीको व्यवस्था नगरे आन्दोलनलाई थप सशक्त बनाइने जनाएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com