काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि खेलाडी दर्ता खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेलाडी दर्ता सुरु भएको जनाएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ए बी र सी गरी खेलाडीले आफूलाई चाहेको वर्गमा दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता आगामी साउन ६ गतेसम्म हुने जनाएको छ ।
त्यसपछि क्यानले दर्ता खेलाडीलाई सूचीकृत गर्नेछ । र मिनि अक्सनमार्फत आठवटा फ्रेन्चाइज टिमले खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्नेछन् ।
यसअघि फ्रेन्चाइज टिमले रिलिज गरेका तथा अन्य नेपाली खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार













प्रतिक्रिया