काठमाडौं । यस वर्ष सानदार फर्ममा रहेको पिएसजीलाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे।

खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे।

advertisement

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन। ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो। चेल्सीको यो सिजनको दोस्रो उपाधि हो। यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो।

न्यु जर्सीमा भएको फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ८१ हजार भन्दा बढी दर्शक रङ्गशालामा उपस्थित थिए।

 

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com