काठमाडौं ।  कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष वरीयताका जानिक सिनरले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्।

इटालीका खेलाडी सिनर ३५ दिन अघि भएको फ्रेन्च ओपनको फाइनलमा तीनै अल्काराजसँग पराजित भएका थिए। सो फाइनलमा दुई सेटका अग्रताको बाबजुद सिनरले पराजयको सामना गरेका थिए। अल्काराजले तीन पटक च्याम्पियनसिप प्वाइन्ट समेत जोगाएका थिए।

advertisement

सिनरले यो सफलता जीवनकै एउटा ठुलो सपना भएको बताए। यसै वर्ष तीन महिना प्रतिबन्धपछि फर्किएका सिनरको यो चौथो ग्रान्ड स्लाम उपाधि हो। साथमा उनको यो हार्ड कोर्ट बाहिरको पहिलो ग्रान्डस्लाम उपाधि हो।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com