काठमाडौं । गायिका मञ्जु गुरुङको ‘मेरी आमा’ सार्वजनिक भएको छ । विशेष गरेर जन्मदिने आमालाई लक्षित गरेर तयारी पारिएको गितको शब्द सन्तकुमार केसीले तयार पारेका हुन् ।

गायिका गुरुङको आवाजमा सार्वजनिक ‘मेरी आमा’को सार्वजनिक म्यूजिक भिडियोमा प्रतिक्षा वाग्ले, सुविक्षा सापकोटा र माही चौलागाईलाई देख्न सकिन्छ ।

advertisement

गाउँघरको सामन्य परिवारको कथा वस्तु समेटेर तयारी गरिएको दृष्यमा एउटी आमाले सन्तानको लागि कति दुःख र मिहेनत गर्छिन् भन्ने ज्वलन्त उदाहरण प्रस्तुतीमा देख्न सकिन्छ ।

राजधानीभन्दा बाहिर मोफोसलमा रहेर कलाकारिता क्षेत्रलाई अगाडि बढाइरहेको सुविक्षा सापकोटाले विशेषत छोरीको भूमिका निभाइकी छन् । यसअघि पनि विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसेकेकी उनको ‘मेरी आमा’ पनि निकै मिहेनतका साथ आफुलाई प्रस्तुत गरेकी छन् ।

सुविक्षाको लगत्तै दुईवटा तिज गित बजारमा आउने क्रममा रहेको उनले सुनाइन् । दिपेन्द्र प्रकाश केसीको निर्देशन रहेको ‘मेरी आमा’को सम्मूर्ण कथाबस्तुको दृष्याङकनमा केसीले नै महत्वपूर्ण भूमिका निभाएका छन् । पछिल्लो समय पत्रकारितासंगै कलाकारितामा पनि उत्तिकै व्यस्त केसीले थुप्रै म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् ।

सन्त कुमार केसीको शब्द रचनामा रमेश क्षितिज गिरिको लय रहेको ‘मेरी आमा’ को रोमश भण्डारीले म्यूजिक ऐरेन्ज गरेका हुन् । कर्मथलो विदेश बनाएका केसीले स्वदेशमा विभिन्न गित संगितको शव्द रचना गरेर थुप्रै चर्चित गितहरु पस्किएका छन् ।

म्यूजिक भिडियोको छायाङ्कन तथा सम्पादन ओम प्रसाई र ड्रोनमा दिनेश डाँगीले साथ दिएका थिए ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com