काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पोलेका अर्का मन्त्रीले राजीनामा दिन पर्दैन भन्दै प्रश्न गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद लेखनाथ दाहालले पोलेका मन्त्रीले राजीनामा दिनु पर्दैन भन्ने प्रश्न गरेका हुन् ।
मन्त्री गुप्ताले घूस प्रकरणको अडियोमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पैसा लिएर काम नगरेको बताएका थिए ।
गुप्ताले आज राजीनामा दिए पनि मन्त्री अधिकारीको राजीनामा आएको छैन । यसबारे प्रतिनिधिसभामा माओवादी सांसद दाहालले प्रश्न उठाएका हुन् ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया