तस्बिर: ANFA
काठमाडौं । बंगलादेशमा जारी यू-२० महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलङ्काबीच बिहीबार प्रतिस्पर्धा हुँदैछ। खेल ढाकास्थित बुन्गशुधा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुने बताइएको छ।
च्याम्पियनसिपमा चार राष्ट्र सहभागी छन्। डबल राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा दुई चरणको खेलपछि सर्वाधिक अंक लिने टोलीले उपाधि जित्नेछ।
हालसम्मको प्रदर्शनअनुसार नेपाल तीन खेलमा ६ अंकसहित दाेस्रो स्थानमा रहेको छ। आयोजक बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा रहँदा, भुटान ३ अंकसहित तेस्रो र श्रीलङ्का अंकविहीन अवस्थामा चौथो स्थानमा रहेको छ।
नेपाल र श्रीलङ्काबीचको खेल यस प्रतियोगितामा दोस्रो पटक हुँदैछ। पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले बुधबार भुटानसँगको खेलमा ६-१ को अन्तरले जित हासिल गरेको थियो। श्रीलङ्काले मंगलबार बंगलादेशसँग २-३ को अन्तरले हार व्यहोरेको थियो।
आजको खेलमा नेपालले पुनः विजय हात पार्दै उपाधि होडलाई जीवन्त राख्ने लक्ष्य राखेको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया