काठमाडाैं ।  नेपालले ३८ औं आइएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ।

नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन्।

advertisement

मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए।

चाइनिज ताइपेईं दोश्रो र बंगलादेश तेश्रो भए।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेलेका थिए। चाइनिज ताइपेईंले स्वर्ण जित्यो।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com