काठमाडौं । माओवादी केन्द्रको गुल्मी-काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसर पारेर उक्त समायोजन भएको हो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाहित भएका नेताकार्यकर्तालाई पार्टीमा स्वागत गर्दै संगठन विस्तारमा यो कदम महत्वपूर्ण रहेको टिप्पणी गरेका छन्।
विप्लव नेतृत्वको नेकपा निकट सम्पर्क मञ्चसँगै विभिन्न अन्य दल परित्याग गरी नेताकार्यकर्ताहरू पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
पार्टीमा समाहित हुने नेताकार्यकर्तामा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवीप्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन्।
माओवादी केन्द्रले यो समायोजनलाई आगामी संगठनात्मक अभियानमा टेवा पुग्ने भन्दै स्वागत गरेको छ।
।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार












प्रतिक्रिया