काठमाडौं । भारतको राजधानी दिल्लीमा भएको लगातारको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। लगातार परेको वर्षाले प्रमुख सडकहरू डुबानमा परेका छन् भने हवाई यातायात पनि अवरुद्ध भएको छ।

राजधानीमा भएका विभिन्न सडकहरुको स्थानमा पानी जम्दा राजधानीका प्रमुख मार्गहरूमा सवारी आवागमनमा कठिनाइ भएको छ। उक्त स्थानमा ट्राफिक जामका कारण यात्रुहरू घण्टौँसम्म सडकमा अलपत्र परेका छन्। मौसम विभागले आगामी केही दिनसम्म अझै भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

वर्षाले दिल्लीका इन्दिरा गान्धी र अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिकामा पनि असर परेको भारतीय मिडियाले जनाएको छ। केही उडानहरू ढिला भएका छन् भने केही रद्द गरिएको छ। यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

प्रशासनले आकस्मिक सेवा र उद्धार टोलीलाई सतर्क अवस्थामा राखेको छ भने जोखिमयुक्त स्थानहरूमा विशेष निगरानी गरिएको भारतीया मिडियाले जनाएको छ। स्थानीय बासिन्दाहरूलाई सम्भव भएसम्म घरमै सुरक्षित बस्न अपिल गरिएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com