काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले लोकतान्त्रिक मूल्यमान्यता विपरीत कुनै पनि कानुन नबन्ने स्पष्ट पारेका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल सञ्चारमाध्यमहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिनुपर्ने भनिएको प्रस्तावबारे चासो व्यक्त भएपछि प्रतिक्रिया दिएका हुन्।

advertisement

उनले भने, “लोकतान्त्रिक व्यवस्थाको सिद्धान्तभन्दा बाहिर गएर कुनै पनि कानुन आउँदैन। यस्तो प्रावधान आएको रहेछ भने हेरिन्छ, सच्याउन सकिन्छ। तर एकपटक सञ्चारमन्त्रीसँग कुरा गर्नुहोला, उहाँकै तर्फबाट आएको विषय हो।”

मन्त्री चौरसियाले कानुन मन्त्रालयको भूमिका मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएर संसद् पठेपछि मात्रै औपचारिक रूपमा सुरु हुने प्रष्ट पारे।

उनले जोड दिए, “कुनै पनि कानुन विधि र प्रक्रिया अनुसार लोकतान्त्रिक संरचनाभित्रै बनेको हुन्छ। त्यसैले अहिलेको बहस सञ्चारमन्त्रीसँग छलफल गरेर बुझ्न उचित हुन्छ।”

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com