लहान ।  कार्यवाहक प्रधानमन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले सिरहाको लहान नगरपालिका वडा नं ६ र ७ मा नवनिर्मित व्यापारिक भवनको समुद्घाटन गरेका छन्। उनले सो भवन शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन शहरी तथा भवन निर्माण कार्यक्रममार्फत लहान नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रमका दौरान सिंहले व्यापारिक भवनले लहान नगरको आर्थिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले शहरी पूर्वाधारको विकासले स्थानीय व्यवसायलाई प्रोत्साहन दिने र रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै सरकारले यस्ता परियोजनालाई प्राथमिकतामा राखेको बताए।

advertisement

उक्त भवनको निर्माण शहरी विकास तथा भवन निर्माण विभागले सघन शहरी विकास कार्यक्रम अन्तर्गत सम्पन्न गरेको हो। भवन आधुनिक सुविधायुक्त बनाइएको छ भने स्थानिय बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समुद्घाटन समारोहमा लहान नगरपालिकाका जनप्रतिनिधि, विभागका अधिकारी, स्थानीय व्यापारी तथा नागरिकको उल्लेखनीय उपस्थिति थियो।

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com