काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिएकी छन्।
उनका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गर्दै हराएका नेपालीको खोजी र उद्धार कार्य तदारुकताका साथ अघि बढाउन निर्देशन दिइएको छ।
उत्तराखण्डमा केही दिनअघि आएको बाढीपछि झन्डै दुई दर्जन नेपाली सम्पर्कविहीन रहेको समाचार आएको छ। मन्त्री राणाले यो घटनाप्रति दुःख व्यक्त गर्दै छिमेकी मुलुकसँग तत्काल सहकार्य गरिने आश्वासन दिएकी छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया