काठमाडाैं । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अघि सारेको गाजा नियन्त्रणको योजना स्वीकृत गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो योजना बहुमतले पारित गरेको हो।

प्रधानमन्त्री नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजामाथि पूर्ण नियन्त्रण गर्ने रणनीति र युद्ध अन्त्यका पाँच प्रमुख बुँदाहरू उल्लेख छन्।

advertisement

विज्ञप्तिअनुसार, इजरायली रक्षा बल (आईडीएफ) ले युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणलाई मानवीय सहायता दिँदै गाजाको नियन्त्रण लिने तयारी गर्नेछ। साथै, युद्धको अन्त्यका लागि तय गरिएका पाँच चरणमा काम अघि बढाइने बताइएको छ।

यी पाँच बुँदामा निम्न विषयहरू समावेश छन्:

  • हमासको पूर्ण निःशस्त्रीकरण

  • गाजाबाट अपहरणमा परेका सबै बन्धकहरूको—जसमा जीवित र मृत दुवै—फिर्ती

  • गाजाको सम्पूर्ण निःशस्त्रीकरण

  • गाजामाथि इजरायलको सुरक्षा नियन्त्रण कायम गर्नु

  • हमास र प्यालेस्टिनी प्राधिकरण मुक्त वैकल्पिक नागरिक प्रशासन स्थापना गर्नु

प्रधानमन्त्री नेतन्याहूले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा इजरायलले गाजामाथि पूर्ण नियन्त्रण चाहेको स्पष्ट पारेका थिए।

यस निर्णयसँगै गाजाको राजनीतिक तथा सैन्य भविष्यबारे अन्तर्राष्ट्रिय स्तरमा थप बहस चर्किने देखिएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com