काठमाडाैं । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा जारी एएफसी यू–२० महिला एसियन कप छनोट खेल अन्तर्गत नेपालले साउदी अरेबियालाई १–० ले हराउँदै समूहमा पहिलो जीत दर्ता गरेको छ।
खेलको अधिकांश समय नेपालले आक्रामक खेल प्रदर्शन गर्यो भने गोल गर्न ९० औं मिनेटसम्म प्रतिक्षा गर्नुपर्यो। अन्ततः पूर्णिमा राईले वनटच गोल गर्दै नेपाललाई महत्वपूर्ण ३ अंक दिलाइन्।
यो जितले नेपालको क्वालिफाइङ यात्रामा सकारात्मक सुरुवात भएको छ। आगामी खेलहरूमा पनि नेपाली टोलीले यो उत्साह कायम राख्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया