काठमाडौं । पर्वतको मोदी गाउँपालिका–४, क्याङमा शनिबार दिउँसो पहिरोले एउटा जिप पुरिएको छ।
लेस्पारबाट कुश्मातर्फ जाने क्रममा बाटो हिलो भएपछि जिप फसेको थियो। त्यसै क्रममा माथिबाट आएको पहिरोले जिप पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाले जानकारी दिएका छन्।
सापकोटाका अनुसार, जिप फसेपछि सवारीमा रहेका सबै व्यक्ति सुरक्षित स्थानमा सारिएको थियो र घटनामा कुनै मानवीय क्षति भएको छैन।
हाल उक्त जिप पहिरोबाट उद्धार भइसकेको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया