काठमाडौं ।  एएफसी यू-२० महिला एसियन कप छनोट चरणको समूह ए को निर्णायक खेलमा नेपाली युवा महिला फुटबल टोली उत्तर कोरियासँग ११-० को ठूलो अन्तरले पराजित भएको छ।

चाङलिमिथाङ स्टेडियममा आइतबार भएको यस एकतरफा खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपाली टोलीलाई धुलो चटाएको थियो।

advertisement

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन ।

नेपाली टोलीका लागि यो छनोट चरणको पहिलो हार हो। यसअघि नेपालले भुटानलाई ४-० र लाओसलाई १-१ को बराबरी गरेको थियो। यो पराजयले नेपाली युवा महिला फुटबलको विकासमा नयाँ चुनौतीहरू रहेको देखाएको छ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com