काठमाडाैं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोल नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आमनेसामने ठोक्किँदा दुर्घटना भएको हो।

advertisement

मृतकहरूको पहिचान अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेलाई तत्काल उद्धार गरी इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि बस चालक, झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com