कैलाली । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन्। कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्सेमा नियुक्ति गरेका हुन्।

अध्यक्ष साउदको सिफारिसमा जयसरालाई करारमा नियुक्ति दिइएको गाउँपालिकाले जनाएको छ । नियुक्तिपत्रमा गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । जेठ १५ गतेदेखि लागु हुने गरी ६ महिनाको करार सम्झौता गरिएको भण्डारीले बताए।

‘विश्वासिलो व्यक्ति भान्से राख्न पाउनु हुन्छ भनेका थियौँ, उहाँले आफ्नै श्रीमतीको नाम दिनु भयो’ भण्डारीले भने ‘उहाँकै सिफारिसका आधारमा भान्से नियुक्त गरिएको हो।’

करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।

भान्सेका रूपमा नियुक्त गरिएकी जयसरा समितिहरूको अनुगमनमा पनि जाने करार सम्झौतामा उल्लेख छ। यसरी अनुगमनमा जाँदा उनले दैनिक भत्ता बेग्लै पाउनेछिन्। कार्यालय कामको सिलसिलामा कुनै भ्रमणमा जाँदा भ्रमण खर्च भुक्तानी दिने गरी सम्झौता भएको छ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com