नेपालगन्ज । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको बताए । चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

साउन ११ गते बहुविवाह गरेको अरोपमा थुनामा रहेकी महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गरेका थिए।

बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ। राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com