- तस्वीर- एन्फा
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हरायो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १८० रन बनायो। आरिफ शेखले ३३, आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रन जोडे। लोकेश बमले ११ बलमा अविजित २५ रन थपे। नेपालले अतिरिक्त ३२ रन पाएको थियो।
१८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमै अलआउट भयो। नेपालका नन्दन यादवले तीन ओभरमा १७ रन खर्चेर पाँच विकेट लिए। कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले एक–एक विकेट जोडे। होबार्टका ब्राड होपले ३१, चार्ली वाकिमले २८ र जेन कर्टेनले २० अविजित रन बनाए।
यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले सिरिजमा पहिलो जित दर्ता गरेको हो। अब नेपालले बिहीबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया