काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको दाबी गर्दै भारत र चीनबीच उक्त क्षेत्रमार्ग प्रयोग गरी व्यापार सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएका छन्।
बर्तौलाले भने, “नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबीच सीमा व्यापार गर्ने सम्झौता गरिएको छ। हामी यसप्रति स्पष्ट असहमति व्यक्त गर्छौं। भूगोल वा जनसङ्ख्याको आधारले देश सानो–ठुलो हुन सक्छ, तर स्वाधीनताको हिसाबले सानो–ठुलो हुँदैन।”
उनले नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि आउने कुनै पनि चुनौतीको प्रतिवाद गर्ने र उच्चस्तरीय कूटनीतिक संवादमार्फत् तत्काल समाधानको लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया