काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन्। उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे।

‘कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ। तर परिस्थितिले छाड्न दिएको छैन,’ राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा उनले भने।

advertisement

अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ। ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’ उनले भने।

उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com