काठमाडौं । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले ग्लोबल नागरिकलाई दिएको जानकारी अनुसार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।

गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

 

प्रकाशित मिति: २१ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com