एजेन्सी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने आएको बताएका छन्।

शनिबार बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जापानमा बस्ने नेपालीको लागि नेपालले के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताए।

नेपाल र जापानको सम्बन्ध धेरै  पुरानो भएको भन्दै उनले जापान नेपालको प्रमुख ‘डोनर कन्ट्री’ भएकोसमेत स्मरण गरे।

आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने प्रचण्डले विश्वास लिएका छन्। हाम्रो लागि जापान प्रेरणाको मुख्य स्रोत भएको बताएका छन्।

उनले जापानको आइटीको स्थिति के  छ भन्नेमा रुची रहेको बताए। युद्धबाट प्रभावित भएको देश आफ्नै मेहेनतले यतिमाथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको प्रचण्डले बताए। यसबाट सबैले प्रेरणा लिनुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ शनिबार बिहान जापान पुगेका हुन्।

उनलाई जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीसहित एनआरएनका पूर्वअध्यक्ष भवन भट्टलगायतले विमानस्थलमा स्वागत गरेका थिए।

 

प्रकाशित मिति: २१ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com