पोखरा । एटिएम मेसिन फोरेर पैसा चोरेको अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका– ३ बस्ने २३ वर्षीय कृष्णबहादुर बिक छन् ।

पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको एनआइसी एसिया बैंकको एटिएम मेशिन फोरेर पैसा चोरी गर्दा गर्दै विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । एटिएम मेसिन फोरिरहेको गोप्य सुचना पाएपछि प्रहरी टोली खटाएको उनले बताए।  पक्राउ परेका विक एटिएम चोरी मुद्दामा जेल परिसकेका व्यक्ति हुन् । कैद भुक्तान गरी छुटेको ८८ दिनपछि उनी पुनः सोही आरोपमा पक्राउ परेका छन् । यसअघि ० माघ ०७८ मा माछापुच्छे बैकको एटिएम मेसिन फोर्दै गर्दा  उनी पक्राउ परेका थिए ।

कास्की जिल्ला अदालतले मागेको एक लाख रुपैयाँ धरौटी जम्मा गर्न नसकेपछि पुर्पक्षको लागि थुनामा गएका विक फैसलापछि तोकिएको कैद भुक्तान गरी २७ माघ ०७९ मा छुटेका थिए ।

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com