काठमाडौं । निर्देशक निशान जंग बाँनीयाको “जानी बेलैमा” बोलको नयाँ गित सार्वजनिक भएको छ ।  गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन्।

गीतका शब्दहरूले नेपाली युवायुवतीको वास्तविकता बोलेको छ भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ। भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन्। दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन्। दृश्य, कथा र भावनात्मक प्रस्तुति कारण भिडियो निकै आकर्षक बनेको छ।

advertisement

गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com