काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताए ।
‘सिमानामा काँडेतार लगाउने भनेपछि केबल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति हो। धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण हामीमाझ छ’, नेता रावलले भने ।
नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा रावलको जोड थियो । नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको उनको टिप्पणी छ ।
प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार
प्रतिक्रिया