काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।

जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

धरान उपमहानगरको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् । स्वतन्त्र उठेर धरानको मेयरमा निर्वाचित उनले धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुने गरेका छन् र उनले श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित पनि गरिरहेका छन्।

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com