काठमाडौँ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमविरुद्ध माइतीघर मण्डलामा भइरहेको “जेनजी” पुस्ताको प्रदर्शनलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले घुम्ती शौचालयको व्यवस्था गरेको छ। सहभागीले निःशुल्क प्रयोग गर्न मिल्ने गरी उक्त शौचालय राखिएको हो।

सडकमा उत्रिएका युवाले “असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ”, “जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ”, “स्वतन्त्र आवाज हाम्रो अधिकार”, “Stop Corruption” जस्ता नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले राष्ट्रिय झण्डा बोकेर राष्ट्रभक्ति गीत गाएका दृश्यहरू पनि देखिएका छन्।

advertisement

महानगर प्रमुख बालेन शाहले युवाको आन्दोलनलाई समर्थन गर्दै प्रदर्शन स्थलमा पुगेको सुविधालाई आवश्यक र समयानुकूल भनेका छन्।

युवाहरूको आक्रोश काठमाडौंमै सीमित छैन। रुपन्देही, दाङसहित उपत्यकाबाहिरका जिल्लाहरूमा समेत जेनजी पुस्ताले प्रदर्शन गर्दै भ्रष्टाचारविरुद्धको आफ्नो आवाज बुलन्द पारेका छन्।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com