काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सामाजिक सञ्जालको विरोधी नभई बेथिति र अनियमितताका विरोधी भएको स्पष्ट पारेका छन्।
एमालेको दोस्रो विधानसभामा व्यक्त गरेको धारणा सोमबार टिकटकमार्फत सार्वजनिक गर्दै उनले जेन–जेड पुस्ताले देशको कानुन बुझ्ने र मान्ने क्षमता राखेको बताए। ‘जेन–जेड पुस्तालाई जसले भड्काउन खोज्छ, त्यो निरर्थक कुरा हो,’प्रधानमन्त्री ओलीले भने।
उनका अनुसार सरकार सामाजिक सञ्जाल प्रयोगलाई रोक्न होइन, त्यसमा फैलिने बेथिति नियन्त्रण गर्न केन्द्रित छ। ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौं, तर बेथितिका विरोधी हौं। जनतालाई हेप्न खोज्नेहरूको विरोधी हौं,’उनले प्रस्ट पारे।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार












प्रतिक्रिया